‘झ्याम पारम’ भन्दै आए गायक रामकृष्ण ढकाल र गायिका मेलिना राई

म्यूजिक खबर
प्रकाशित: ९ बैशाख २०८३, बुधबार २२:४०

काठमाडौं । वैशाख २५ लाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक भएको छ ।

यस डान्सिङ गीतमा गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू नायक विजय बराल, नायिका वर्षा राउत, कलाकार मेक्सम गौडेल तथा अतिथीय भूमिकामा डान्सर सबिन विस्ट र एलिसा शर्मालाई देख्न सकिन्छ ।

गीतमा गीतकार राजेन्द्र थापाको शब्द, राजन राज शिवाकोटीको सङ्गीत र श्यामश्वेत रसाइलीको एरेन्ज रहेको छ।

रोशन विश्वकर्माको कोरियोग्राफीमा भिडियो तयार भएको हो ।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको यस फिल्म गायक ढकालको लगानी रहेको छ ।

प्रकु पाण्डेयको कथा र निर्देशनमामा यो फिल्म बनेको हो । संवाद र स्क्रिप्ट संयोग गुरागाईंको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु