नवमोडलसँग ‘नदी’मा रामकृष्णको रोमान्स

म्यूजिक खबर
प्रकाशित: २१ चैत्र २०७९, मंगलवार

काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकाल र नवमोडल पुनम भुसाल नदीमा रोमान्स गरेको भिडियो सार्वजनिक भएको छ । वास्तविकतामा नभई नयाँ म्यूजिक भिडियोको प्रसंग हो । ‘नदी’ बोलको म्यूजिक भिडियोमा गायक ढकाल र मोडल भुसालले रोमान्स गरेका हुन् ।

सिन्धु राणाको शब्द, हरि लम्सालको संगीत रहेको गीतमा रामकृष्णकै स्वर सुन्न सकिन्छ ।
गीतलाई देवेन्द्र नेवाले एरेन्ज गरेका हुन् । नारायण जिसीले छायांकन गरेको भिडियोलाई सागर ज्ञवालीले निर्देशन गरेका हुन् । त्यस्तै अमृत चापागाईंले भिडियो सम्पादन गरेका हुन् ।

वरिष्ठ गीतकार आनन्द अधिकारी, वरिष्ठ संगीतकार न्यूह बज्राचार्य, पूर्व प्रधान सेनापति प्रज्ज्वल शमशेर जंगबहादुर राणा, सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्मा, सचिव शोभना पौड्याल लगायतका अतिथिहरुको उपस्थितिमा निर्माण टिमद्धारा गीत लोकार्पण गरिएको हो ।
उक्त म्यूजिक भिडियोलाई सोमबार लोकार्पण कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु