कलाकार संघको उपाध्यक्षमा रेजिनाको उम्मेदवारी, वर्तमान कार्यसमितिको पूर्ण समर्थन

म्यूजिक खबर
प्रकाशित: २४ जेष्ठ २०७६, शुक्रबार

काठमाडौं । नेपाली चलचित्र कलाकार संघको जेठ २५ गते शनिवार काठमाडौंको भृकुटीमण्डप स्थित महेन्द्र पुलिस क्लबको प्रेक्षालयमा निर्वाचन हुने भएको हो । जसमा नेपाली चलचित्रका कलाकारहरु वीच विभिन्न अडकलबाजी शुरु भएको छ । अग्रज अभिनेता रविन्द्र खड्का तथा अभिनेत्री सरिता लामिछाने वीच अध्यक्ष पदमा चुनावी प्रतिस्पर्धा हुने भएको छ । रविन्द्र खड्काको प्यानल नै स्पष्ट रुपमा चुनावी मैदानमा देखिएको छ ।
खड्काको प्यानलबाट उपाध्यक्षमा ख्यातिप्राप्त नायिका रेजिना उप्रेती लगायत रहेका छन् । कलाकार संघको अघिल्लो कार्य समितिको उपाध्यक्ष रहेकी नायिका रेजिना उप्रेतीले त्यो बेला अत्याधिक बहुमत प्राप्त गरेकी थिइन् । नेपाली चलचित्र तथा नेपाली चलचित्रका कलाकारहरुको हक, हित र अधिकारका लागि आवाज बुलन्द गर्दैआएकी नायिका उप्रेती यसपटक पनि उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएकी छन् ।


रेजिना उप्रेती लगायतलाई नेपाल चलचित्र कलाकार संघका वर्तमान कार्यसमितिले नै समर्थन गरिसकेका छन् । आफू लगायत आफ्नो प्यानलको जित हुने विश्वासमा रहेकी रेजिनाले आफूहरुलाई भारी मतले निर्वाचित गरिदिन सवै चलचित्र कलाकारहरुलाई आग्रह गरेकी छन् । कलाकारको हकहित र नीति तर्जुमा गर्ने काममा आफू सदैव दत्तचित्त भएर लाग्ने प्रतिबद्धताका साथ आफ्नो उम्मेदवारी दिएको उनले बताइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु