बलिउडभित्रको इतिहास, को थिए ऋषि कपुर ?

म्यूजिक खबर
प्रकाशित: १८ बैशाख २०७७, बिहीबार

काठमाडौं । बलिउडले प्रसिद्ध अभिनेता इरफान खान गुमाएको एक दिन पनि बित्न नपाउँदै प्रसिद्ध अभिनेता ऋषि कपुरलाई गुमाउन पुगेको छ । क्यान्सरबाट पीडित उनको अप्रिल ३० तारिख विहीबार आज विहान निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो । ६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेसन अस्पतालमा भर्ना गरिएको थियो । सन् २०१८ मा क्यान्सर देखिएपछि एक वर्ष भन्दा बढी अमेरिका बसेर उनी उपचार गरेर भारत फर्किएका थिए ।
बुधवार मात्र अभिनेता इरफान खानलाई विदाई गरेको बलिउडले आज विहीबार ऋषि कपुरलाई गुमाउन पुगेको छ । अभिनेता अमिताभ बच्चनले ट्वीट गरेका छन् कि ऋषि कपूरको मृत्यु भएको छ । अमिताभको यो ट्वीट सोशल मिडियामा ‘उनले छाडे…उनी गए.. उनी बित्नुभयो, म भाँचिएको छु’ लेखेको देख्ने बित्तिकै ऋषि कपुरका प्रशंसकहरूले श्रद्धान्जलि दिँदै शोक व्यक्त गर्न थालेका छन् ।
मंगलबार स्वास्थ्य बिग्रिएपछि उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो । त्यस समयमा रणधीर कपूरले भनेका थिए, “उहाँ अस्पतालमा हुनुहुन्छ र क्यान्सरसँग लडिरहनुभएको छ । उहाँलाई सास फेर्न गाह्रो भइरहेको थियो, त्यसपछि उहाँलाई अस्पतालमा भर्ना गरियो ।’ अभिनेता कपुरलाई फेब्रुअरी महिनामा पनि दुई पटक अस्पतालमा भर्ना गरिएको थियो ।
अभिनेता कपूर जन्म सेप्टेम्बर १, १९५२ मा भएको थियो । एक सशक्त अभिनेताका रुपमा उनलाई बलिउडले पाएको थियो । कपूर एक भारतीय फिल्म अभिनेता मात्र थिएनन् उनी फिल्म निर्माता र निर्देशकसमेत कहलिएका थिए । उनले बाल कलाकारको रूपमा काम गर्दै बलिउडमा प्रवेश गरेका थिए । उनले बबीको सर्वश्रेष्ठ फिल्म अभिनेताका लागि फिल्मफेयर पुरस्कार साथै फिल्मफेयर लाइफटाइम अचीभमेन्ट अवार्ड जस्ता अवार्ड, सम्मान तथा पुरस्कारबाट सम्मानित भइसकेका छन् । उनले पहिलो फिल्ममा नै शानदार भूमिकाको लागि १९७१ मा राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरेका थिए ।

को थिए ऋषि कपुर ?
ऋषि कपूर स्वर्गीय राज कपूरका छोरा र पृथ्वीराज कपूरका नाति हुन् । उनले परम्पराको अनुसरण गरेर र हजुरबुबा र बुबाको पाइला पछ्याएर चलचित्रहरूमा अभिनय गरेको बताइन्छ । उनी अभिनय मात्र गरेनन् की सफल अभिनेताका रूपमा समेत कहलिए । ‘मेरा नाम जोकर’ यो उनको पहिलो फिल्म हो, जसमा उनले आफ्नो बुबाको बाल्यकालको भूमिकामा खेलेका थिए । त्यसपछि उनी बबी फिल्ममा एक अभिनेताको रूपमा देखा परे । ऋषि कपूर र नीतू सिंहको विवाह २२ जनवरी १९८० मा भएको थियो । उनीहरूका दुई सन्तान अभिनेता रणबीर कपूर र ड्रेस डिजाइनर रिद्धिमा कपूर हुन् । करिश्मा कपूर र करीना कपूर उनकी भतिजी हुन् ।

फिल्म परिवारबाट आएका ऋषि कपूर सधैं फिल्महरूमा अभिनय गर्न चाहन्थे । मेरा नाम जोकरमा अभिनय गर्दा उनलाई चकलेट दिएर फकाइ फकाई अभिनय गराउनु परेको थियो । तर पछि तिनै कपुर फिल्म बबीमा एक अभिनेताको रूपमा बलिउडमा देखा परे । राज कपूरले आफ्नो छोरो ऋषि कपूरलाई अभिनय गराउनकै लागि ‘बबी’ बनाएका थिए भन्ने चर्चा बलिउडमा चल्ने गरेको पनि थियो । ‘मेरा नाम जोकर’ को असफल भएपछि राज कपूरको आर्थिक अवस्था बिग्रियो, जसका कारण उनी फिल्मका लागि शीर्ष स्टारमा हस्ताक्षर गर्न सकेनन् । पछि बबी फिल्म सुपरहिट भयो जसले राजको आर्थिक अवस्था पनि सुध्रियो र ऋषि कपुले सर्वश्रेष्ठ अभिनेताका लागि फिल्मफेयर पुरस्कारसमेत प्राप्त गर्न सफल भए ।
ऋषि कपूरले आफ्नो क्यारियरमा सन् १९९३ देखि २००० सम्ममा ९२ फिल्महरूमा अभिनय गरे । ऋषि कपूर आफ्नो युगका चकलेटी नायकहरू मध्ये एक थिए । नीतू ऋषिसँगको सम्बन्धको शुरुआतमा उद्योगमा एक छाप पार्न खोजिरहेका थिए, जबकि उनी पनि सफल अभिनेत्री थिइन् । नीतू र ऋषिको पहिलो फिल्म ‘जाहुल ईन्सान’ थियो ।
ऋषि कपुरले खेलेका चर्चित फिल्महरु
मेरा नाम जोकर, यादों की बारात, बाबी, राजा, रफ्फु चक्कर, कभीकभी, बारूद, लैला मजनू, रंगीला रतन, चला मुरारी हीरो बनने, अमर अकबर एंथोनी, दूसरा आदमी, नया दौर, पति पत्नी और वो, बदलते रिश्ते, फूल खिले है गुलशन गुलशन, झूठा कही का, सलाम मेमसाब, सरगम, धन दौलत, दो प्रेमी, कर्ज, नसीब, जमाने को दिखाना हैं, प्रेम रोग, दुनिया, दोस्ती दुश्मनी, नसीब अपना–अपना, सिंदूर, प्यार के काबिल, घर घर की कहानी, ओम शांति ओम, नमस्ते लन्डन, शादी पुलाव, सनम रे और कपूर एंड संस लगायतका रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु