• Shanidhya Trophy
  • बलिउड अभिनेता ऋषि कपुरको निधन

    म्यूजिक खवर
    प्रकाशित: १८ बैशाख २०७७, बिहीबार
    Rishi Kapoor

    काठमाडौं । बलिउड अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित उनको आज विहान निधन भएको बीबीसीले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।

    ६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेसन अस्पतालमा भर्ना गरिएको थियो। सन् २०१८ मा क्यान्सर देखिएपछि एक वर्ष भन्दा बढी अमेरिका बसेर उनी उपचार गरेर भारत फर्किएका थिए ।

    त्यस्तै भारतीय अभिनेता अमिताभ बच्चनले पनि कपुर नहरेको सामाजिक सञ्जालमा लेखेका छन्।

    क्यान्सरबाट पीडित उनलाई बुधबार मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियोे।कपुरलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु