रिया खत्री र कृष खत्रीको स्वर र अभिनय रहेको ‘युके शहर’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १२ आश्विन २०८३, सोमबार २०:०३

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेको करिब तीन वर्षमै आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका तथा मोडल रिया खत्रीले नयाँ सांगीतिक प्रस्तुति ‘युके शहर’ सार्वजनिक गरेकी छन् । गत शुक्रबार राजधानीमा विशेष कार्यक्रमबीच विमोचन गरिएको ‘युके शहर’ मा रिया खत्री र कृष क्षेत्रीको स्वरसंगै मुख्य अभिनय छ भने निर्देशन तिलक ठकुरीको छ ।

लामो मेहनत, संघर्ष र तयारीपछि तयार गरिएको यो प्रस्तुति नेपालमा रहेका दर्शकसँगै विदेशमा रहेका नेपाली समुदायलाई समेत लक्षित गरेर निर्माण गरिएको उनले बताएकी छन् ।

नेपालबाहिर रहेका करिब ८० लाख नेपालीलाई समेत केन्द्रमा राखेर ‘युके शहर’ तयार गरिएको रियाले बताएकी छन् । ‘युके शहर’ सार्वजनिक गरेसँगै रियाले दर्शक श्रोतासँग भिडियो हेरेर प्रतिक्रिया दिन तथा मन परे साथीभाई, परिवार र आफन्तसम्म पुर्‍याइदिन आग्रह गरेकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु