टुँडिखेलमा ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रम सम्पन्न !

म्यूजिक खबर
प्रकाशित: २४ मंसिर २०७५, सोमबार

नेपाल रग्बी एसोसियसनले फेम नेपालसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रम नेपाल ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा सम्पन्न भएको छ । काठमाण्डौको टुँडिखेलमा बिहान १० बजे देखी साँझ ७ बजे सम्म चलेको कार्यक्रममा रग्बी खेलसंगै बिभिन्न साङ्गितिक प्रस्तुतिहरु देखाइएको थियो ।

कार्यक्रममा नायिका स्वस्तिमा खड्काले दमदार कम्मर मर्काएकी थिइन् । ‘कुटुमा कुटुुु’, ‘गैरी खेतको सिरै हान्योु, ‘नाच फिरिरी’ लागायतका हिट गीतमा नृत्य प्रस्तुत गरिन् ।

करिब ५ हजार दर्शकको उपस्थिती कार्यक्रममा बेली डान्सर बिनु शाक्यले बेली डान्स प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा स्वस्तिमासंगै गायक सुगम पोखरेल,  आशिष राना ‘लाउरे’, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइन् लागायतले आफ्नो प्रस्तुति राखेका थिए । लगभग ५ हजार दर्शकको उपस्थिती रहेको उक्त कार्यक्रममा वर्ल्ड रग्बीको ट्रफी सार्वजनिक गरिएको थियो । उपराष्ट्रपती नन्द बहादुर पुनले उक्त ट्रफी सार्वजनिक गरेका थिए ।

 

फाइनल राउण्डमा मेक्सिको सुन्दरीको यस्तो जवाफले जितायो ‘मिस वल्र्ड–२०१८’ को ताज, के थियो त उनको जवाफ ?

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु