• म्यूजिक भिडियो सुटिङकै लागि भनेर अमेरिका उडे ‘बले’,

    म्यूजिक खबर
    प्रकाशित: १२ भाद्र २०८०, मंगलवार

    काठमाडौं । हाँस्य अभिनेता एवं मोडल सागर लम्साल ‘बले’ म्युजिक भिडियो सुटिङका लागि अमेरिका उडेका छन् ।

    आज (मंगलवार) बिहान नेपाल छाडेका बलेको अमेरिकामा जम्मा ६ दिनको सेड्युल रहेको छ । नितान्त म्युजिक भिडियोको सुटिङका लागि यो यात्रा भएको बलेले बताए ।

    फरक स्वाद र बेग्लै लोकेसन पस्किने उदेश्यका साथ गर्न लागिएको यी दुवै गीतमा दिलाशा बस्नेतको निर्माण तथा शिशिर खातीको निर्देशन रहने सगर लम्साल बलेले बताएका छन्।
    उनले सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै २ वटा म्युजिक भिडियो सुटिङका लागि आफू अमेरिका प्रस्थान गरेको जानकारी दिएका छन् ।

    दुवै भिडियो उनकै कम्पनी ‘बले ईन्टरटेन्मेन्ट’बाट निर्माण हुन लागेका हुन् । उनी हास्य टेलिश्रृङ्खलामा अभिनयका साथसाथै म्युजिक भिडियोमा पनि चलेका मोडल हुन् ।

    भिडियोमा अभिनयसँगै उनले निर्माणमा समेत सक्रियता बढाउँदै लगेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु