सिनेमाघरमा ‘साइनो’ र ‘काँचुली’

म्यूजिक खबर
प्रकाशित: २४ श्रावण २०७६, शुक्रबार

आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘साइनो’ र ‘काँचुली’ प्रदर्शनमा आएका छन् । रमेश थापा निर्देशित चलचित्र ‘साइनो’ र शंकर अधिकारी ‘घयाल’को निर्देशनमा रहेको चलचित्र ‘काँचुली’ले हलमा व्यापारिक प्रतिस्पर्धा चलेको छ । नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र ‘साइनो’मा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, राजा राजेन्द्र पोखरेल, भुवन थापा चन्द, बसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राईलगायतको अभिनय छ ।

त्रिकोणात्मक प्रेमकथामा रहेको यो चलचित्रलाई अभिमन्यु निरबीले लेखेका हुन् । चलचित्रमा शरण थापा कार्यकारी निर्मातामा रहेका छन् । ‘साइनो’ मा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । नेपाली चलचित्रकी प्रथम नायिकाले निर्माण गरेका कारण यो चलचित्रमाथि सबैको आश छ ।
बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुतिमा निमार्ण भएको चलचित्र ‘काँचुली’मा शुभेच्छा थापा, राजन महर्जन, रबिन श्री, सुबास गजुरेल, शर्मिला शर्मालगायतको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु