• सलमानको कन्सर्टमा ‘झकास झापाली’ र ‘काले दाई’मा मालाको नृत्य ?

    म्यूजिक खबर
    प्रकाशित: १७ चैत्र २०७८, बिहीबार

    काठमाडौं । ठूलो संघर्षपछि ओडीसी इन्टरटेनमेन्ट कम्पनीले भारतीय अभिनेता सलमान खानलाई नेपाल ल्याउँदै छ । आउँदो जेठ १४ गते ‘दबङ द टुर रिलोडेड’ नामक कन्सर्टका लागि खान काठमाडौं आउन लागेका हुन् । सलमान नेपाल आउँदा काठमाडौंको मुटु टुडिखेलमा बृहत सांगीतिक कार्यक्रमको आयोजना हुँदै छ ।

    कार्यक्रममा अभिनेत्री माला लिम्बूले डान्स प्रस्तुत गर्ने भएकी छन् । उक्त कार्यक्रममा माला लिम्बूले ‘झकास झापाली’ र ‘काले दाइ’मध्ये एक गीतमा आफ्नो प्रस्तुति दिन लागेकी हुन् । मालालाई आयोजक ओडीसी इन्टरटेनमेन्टले प्रस्तुतिका लागि मौखिक सम्झौता गरिसकेको जनाइएको छ ।

    प्रस्तुति ‘झकास झापाली’ र ‘काले दाई’ मध्ये एकमा दिने भएपनि कुनमा गर्नेबारे भने टुङ्गो भइसकेको छैन । यद्यपि प्रस्तुतिका लागि भने मौखिक सहमति भइसकेको आयोजकको भनाइ छ ।

    सलमान खानलाई नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पनि निमन्त्रणा गरेपछि उनी आउदो जेठ १४ मा आउन लागेका हुन् ।

    यसअघि पनि सलमान नेपाल आउने चर्चा थियो । तर कोरोना महामारीका कारण उनी नेपाल आउने कार्यक्रम रद्द भएको थियो ।

    सलमानको कार्यक्रममा प्रस्तुति दिन अन्य कलाकारहरुको नाम टुंगो लगाउन बाँकी रहेको आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु