फिल्म सुटिङ नभए पनि सलमानले निर्माण युनिटलाई पारिश्रमिक

म्यूजिक खबर
प्रकाशित: २२ चैत्र २०७६, शनिबार
Salman Khan

एजेन्सी । बलिउड अभिनेता सलमान खान फिल्म उद्योगका मानिसका लागि उदार छन् । कोरोना भाइरसको लकडाउनको समस्याका बेला सलमानले आफ्नो फिल्म ‘राधे–योर मस्ट वान्टेड भाइ’का सदस्यलाई बिना सुटिङ पारिश्रमिक दिएर अर्को उदारता देखाएका छन् ।

समाचार अनुसार फिल्मको सुटिङको सेड्युल २६ मार्चदेखि २ अप्रिलसम्म रहेका सबै सदस्यको खातामा सलमानले पैसा राखिएका छन् । यो फिल्म यसै इदमा रिलिज हुने थियो । तर अहिलेको अवस्थाले फिल्मको रिलिज मितीले कुन मोड लिन्छ त्यो बताउन मुस्किल नै छ । भारतमा लकडाउनका कारण फिल्ममा काम गर्ने प्राविधिक ठूलो समस्यामा परेका छन् । यसअघि सलमानले दैनिक ज्याला मजदुरी गर्ने २५ हजार कामदारको खातमा पैसा पठाएको समाचार सार्वजनिक भएको थियो ।

त्यसो त बलिउडमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई अन्य सेलिब्रेटीले पनि सहयोग गरेका छन् । निर्देशक रोहित शेट्टी र अभिनेता अजय देवगनले जनही ५१ लाख रुपैंयाँ दैनिक ज्यालादारीमा काम गर्नेलाई सहयोग गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु