चलचित्र ‘रातो टिका निधारमा’को घोषणा

म्यूजिक खबर
प्रकाशित: ७ जेष्ठ २०७६, मंगलवार

राजधानीमा एक कार्यक्रमबीच चलचित्र ‘रातो टिका निधारमा’को औपचारिक घोषणा गरिएको छ ।एए ग्रुप अफ कम्पनीजबाट निर्माण हुने चलचित्रमा किरण शर्मा र कृति शर्मा निर्माताको रुपमा रहेका छन् । शम्भुजित बाँस्कोटा, कल्याण सिंहको सङ्गीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स रहने चलचित्रमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीको गायन रहने छ । चलचित्रबाट अशोकका छोरा अंकित शर्माले डेब्यु गर्दैछन् । चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, निता ढुंगाना, रविन्द्र झा, बुद्दि तामाङ खुश्बु खड्का, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामालगायत कलाकारको अभिनय रहनेछ । आगामी दशैँमा सिनेमाघरमा आउने भनिएको यो चलचित्रलाई अशोक शर्माले निर्देशन गर्दैछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु