मुख र मलद्वारको काम चिन्न आलोचकसँग समिक्षाले गरिन् अनुरोध

म्यूजिक खबर
प्रकाशित: २८ पुष २०७९, बिहीबार

काठमाडौं । गायिका समिक्षा अधिकारी चर्चाका शिखरमा रहेका बेला उनी एकाएक विबादमा आइन् । पछिल्ला दिनमा सामाजिक संजालमा स्टाटस लेख्दै मेटाउँदै आएकी उनले आफ्ना स्टाटसमा बनेका समाचारहरु समेत मिडियालाई फोन गरेर आग्रह गर्दै हटाउँदै आएकी छिन् ।

उनले केही समय मौन रहेकी गायिका समीक्षा अधिकारी पछिल्लो समय आफूलाई गाली गर्ने र अपशब्द बोल्नेहरूप्रति कडा रूपमा प्रस्तुत हुन थालेकी छन् । यस्तैमा बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले आफूलाई जथाभाबी भन्नेलाई मुख र मलद्वारको काम चिन्न अनुरोध गरेकी छन् । उनले लेखेकी छन् ‘बचनले दिएको घाउको औषधि बचन नै हो ।

बचनले घर, समाज र संसार बन्छ, बचनले नै युद्ध भड्कन्छ’, उनले भनेकी छन् ‘सबैभन्दा सजिलो छ, मनलागी सस्तो बोल्न र मुख छाड्न । उनी अगाडि थप्छिन्, ‘अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ । मेरा मित्रहरू ! गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ । मुख र मलद्वारको काम चिन ।’

गायिका समिक्षा अधिकारी

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु