रुचाइयो सन्तु र समिक्षाको मौलिक पञ्चेबाजा गीत ‘लाहुरे दाईलाई’

म्यूजिक खबर
प्रकाशित: २१ माघ २०७७, बुधबार

काठमाडौं । लोकप्रिय गायक तथा सर्जक सन्तु थापाको मौलिक पञ्चेबाजा गीत ‘लाहुरे दाईलाई’ सार्वजनिक भएको छ । गीतमा थापाको साथै पछिल्लो पुस्ताकी लोकप्रिय गायिका समिक्षा अधिकारीले स्वर दिएकी छन्।

गीतको शब्द रचना अनिल दवाडीले गरेका हुन् भने संगीत खेम सेञ्चुरीले दिएका छन् । मधुर बस्नेतले छायांकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । भिडियोमा सुमित्रा गुरुङ सन्तोष मगर ताहाल सिंह, गीतु पुन, अमृता गुरुङ, कपिल मगर, मनिष सेवाल, सुनिल राजली, अरुणा घर्ति लगायतको नृत्य तथा अभिनय रहेको छ ।

केशब आलेको कोरियोग्राफी रहेको भिडियो निर्देशन भने गायक थापा स्वयमले गरेका हुन् । गायक थापाले आफ्नै यूट्युब च्यानल सन्तु थापाबाट गीत सार्वजनिक गरेका छन् । यूट्युवमा गीत सार्वजनिक भएपछि गीतलाई धेरै दशर्कले मन पराएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु