नेपमोलेको ‘चश्मा’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १८ बैशाख २०७९, आईतवार

नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘चस्मा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक तथा संगीतकार चक्र बमको शब्द तथा संगीत रहेको छ । गीतमा अस्मिता अधिकारी र समिर आचार्यको स्वर सुन्न सकिन्छ । प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ/मास्टरिङ र योगेश काजीले संगीत संयोजन गरेका हुन्।

पश्चिमेली पहाडी भाकाको डान्सिङ नम्बरमा चक्रसँगै मोडल कविता न्यौपानेको अभिनय रहेको छ । गम्भीर विष्टको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियो आकर्षक बनेको छ । नेपमोलेको निर्माण गरेको यस म्युजिक भिडियोमा सरिता प्रजापतिको शृंगार, सम्झना बुटिकको पहिरण, पवन सुस्लिङको छायांकन र नविन निरौलाको सम्पादन छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु