• समीरको ‘हतारमा’ छल्कियो वर्षा र आर्यनको प्रेम

    म्यूजिक खबर
    प्रकाशित: २४ मंसिर २०७७, बुधबार

    काठमाण्डौँ । गायक समीर आचार्यको नयाँ डान्सिङ गीत ‘हतारमा’को भिडियो सार्वजनिक भएको छ । गीतमा गायक स्वयम समीरकै शब्द र संगीत रहेको छ भने उनलाई स्वरमा अप्सरा घिमिरेले साथ दिएकी छिन ।

    लोकलयमा आधारित गीतको भिडियोमा चर्चित नायक आर्यन सिग्देल र नायिका वर्षा राउत अभिनय, डान्स र रोमान्स हेर्न पाईन्छ ।
    दुई प्रेमी बीचको प्रेमको भावलाई दर्शाउन खोजिएको भिडियोलाई शान थापाले निर्देशन गरेका छन । बाबा एजुकेसशन र आर के यस अष्ट्रेलीयाको सहयोगमा निर्माण तथा ८ के एभरेष्ट मोसन पिकचर्सको प्रस्तुती रहेको भिडियोमा अर्जुन तिवारीको छांयाकन तथा साजिव समरको कोरियोग्राफी रहेको छ ।


    गायक आचार्यको यसअघि पनि २ ओटा एल्वम र करीव २ दर्जन गीत र भिडियो बजारमा आईसकेको छ ति मध्य ‘दुनियाँ बेग्लै छ’,’तम्लाई चट्ट सलाम छ’, ‘घिनघीन बज्यो मादलु’, ‘पीच रोड’, ‘घाममा सुकाइदेउ’, ‘लव लेटर’, ‘ठुम्का’ लगायतका गीतहरुले दर्शक श्रोता माझ राम्रो चर्चा बटुलिसकेका छन । भिडियोलाई ८ के एभरेष्ट मोसन पिकचर्सको अफिसियल युट्युब च्यानल मार्फत सार्वजैक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु