चलचित्र ‘शिवा’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १८ भाद्र २०७६, बुधबार

काठमाडौं । मंसिर २७ गते देखि सिनेमाघरमा आउँने तयारीमा रहेको चलचित्र ‘शिवा’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता ज्याक श्रेष्ठ (राजु) ले निर्माण गरेको चलचित्र ‘शिवा’को मंगलबार काठमाडौंमा पत्रकार भेटघाटबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा प्रेम र एक्सनका दृश्य समेटिएको छ । शिवाको भूमिकामा अभिनेता किशोर खतिवडा र अभिनेत्री सञ्चिता लुईंटेल पत्रकारको भूमिकामा रहेको छ । सार्वजनिक कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व सदस्य तथा कलाकार उत्तम केसी, चलचित्र पत्रकार संघ उपाध्यक्ष गीता अधिकारी, मोटिभेटर रबिन कट्वाललगायतले शुभकामना मन्तव्य राखेका थिए । रामकाजी घिमिरेको निर्देशन रहेको चलचित्र पारिवारिक प्रेमकथामा निर्माण भएको छ । निर्माता तथा कलाकार ज्याक श्रेष्ठले चलचित्रले उठाएको विषयवस्तु गम्भीर रहेको र गम्भीर रुपमै प्रस्तुत गरिएको बताए ।

अर्का निर्माता सुकराजले आफ्नो चलचित्रमा मनोरञ्जनका साथै समायोपयोगी सन्देश समेत रहेको खुलाए । हिमश्री फिल्मस्को ब्यानरमा निर्माण यो चलचित्रका सुकराज बिक र मदन खत्री निर्माता तथा सुनीता तामाङ र सुदर्शन बस्नेत कार्यकारी निर्माता रहेका छन् भने । चलचित्रमा किशोर सञ्चितासँगै चलचित्रमा पूर्णिमा लामा, ध्रुव कोइराला, ज्याक श्रेष्ठ, देव श्रेष्ठ, सपना श्रेष्ठ, होम दवाडी, शम्भु गहतराज, निश्चल दाहाललगायतका कलाकारहरुको अभिनय रहेको छ । कमल राई र लिगेश भट्टराईको चलचित्रका गीतमा कोरियोग्राफी, बसन्त सापकोटाको सङ्गीत रहेको छ भने सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई विरेन्द्र भट्टले छायाँकन गरेका हुन् भने, राजु ढुंगानाले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु