संगीता श्रेष्ठको लघु चलचित्र ‘आइसक्रिम’ अन्तराष्ट्रिय फेस्टिभलमा छनौट

म्यूजिक खबर
प्रकाशित: १६ कार्तिक २०७७, आईतवार

काठमाडौं । सञ्चारकर्मी एवं निर्देशक संगीता श्रेष्ठको लघु चलचित्र ‘आइसक्रिम’ अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२० मा छनौट भएको छ । नोभेम्बर ३ देखि ८ सम्म फेस्टिभल आयोजना हुने छ ।
संगीता निर्देशित नेपाली लघु चलचित्र‘आइसक्रिम’ लाई फेस्टिभलको पहिलो दिन नोभेम्वर ३ मा प्रदर्शन हुने भएको छ । कोरोना कहरका कारण भर्चुअल सिष्टम मार्फत चलचित्रहरु प्रदर्शन गरिनेछ ।

यो चलचित्र अमेरिकाको बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल, बेलायतको फस्ट टाइम फिल्ममेकर सेसन्स, इटालीको इन्टिमलेन्ट फिल्म फेस्टिभल र नेपालको मानव अधिकार फिल्म फेस्टिभल २०२० मा छनोट भइसकेको छ ।

यद्यपि, पहिलो स्क्रिनिङ भने अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभलमा हुने भएको हो ।
यो चलचित्र बाल यौन शोषणमा आधारित छ । सडकमा पैसा माग्दै हिँड्ने एक बालिकाको कथा यो चलचित्रमा समेटिएको छ ।

नौ मिनेट लामो चलचित्रमा योगिशा खत्रीले मूख्य भूमिका निभाएकी छन् । निर्देशक श्रेष्ठले यस अघि थुपैं म्यूजिक भिडियोहरु, बृतचित्रहरु तथा लघु कथामा निर्देशकिय क्षमता देखाइसकिकी छिन् । नेपाली कथानक चलचित्र ‘कथा काठमाडौं’ मा समेत उनको निर्देशकिय क्षमताको प्रशंसा भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु