डीथ्री अनलाईनको वार्षिकोत्सबमा स्रष्टाहरुलाई सम्मान

म्यूजिक खबर
प्रकाशित: १६ बैशाख २०७६, सोमबार

ईटहरीबाट सञ्चालित पुर्वको कला र मनोरञ्जनको डिजिटल मिडियाको रुपमा परिचीत डीथ्री अनलाइनले पहिलो वर्ष पूरा गरेको छ । ईटहरी स्थित धरानलाईनमा प्रधान कार्यालय स्थापना गरेर औपचारिक रुपमा सुरु भएको डीथ्री अनलाइनले एक कार्यक्रमको आयोजनाकाबीच वार्षिकोत्सब मनाएको हो ।नायिका सञ्चिता लुइँटेल, नायक तथा कलाकार माधब केसी, त्यस्तै भारतको जीटिभीबाट प्रसारण हुने गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स’मा पुगेर आफ्नो कला र गलालाई प्रस्तुत गर्दै सबैको प्रिय बनेका ईटहरी स्थायी घर भएका प्रीतम आचार्य, ईटहरीबाट कला ब्यावसयको रुपमा ‘मार्टिना मेकअप स्टुडियो’ स्थापना गरी छोटो समयमा सफलता हासिल गरेकी उर्बि श्रेष्ठ र रङ पत्रकारितामा बिगत लामो समयदेखि रहेका दन्तकाली एफ एम धरानका कृष्ण भुजेल सम्मानित भएका हुन् । सङ्गीत साधना प्रतिष्ठानका महासचिव राजु केसीको प्रमुख आतिथ्य, परिकला मिडिया प्रालि तथा डीथ्री अनलाइनका सञ्चालक सुवास संकल्पको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । आयोजनामा भएको ‘मिडिया तथा प्रस्तुतिकरण’ तालिमको सहभागीहरुलाई प्रमाणपत्र बितरण समेत गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु