अभिनेत्री सरिता लामिछाने द्वारा कलाकार संघको अध्यक्षमा उम्मेदवारी घोषणा

म्यूजिक खबर
प्रकाशित: ७ चैत्र २०७५, बिहीबार

काठमाडौं । यही आगामी चैत्र २३ गते शनिबार हुनगईरहेको नेपाल चलचित्र कलाकार संघको निर्बाचनमा अध्यक्ष पदको लागि बर्तमान महासचिब अभिनेत्री सरिता लामिछानेले उम्मेदवारी घोषणा गरेकी छिन । काठमाडौँमा चैत्र २३ गते हुन गईरहेको नेपाल चलचित्र कलाकार संघको अधिबेसनबाट नयाँ कार्य समितिको लागि उनले अध्यक्ष्य पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

संघको विभिन्न कार्यसमितिमा बस्दै सक्रिय रुपमा कलाकारहरुको हकहितमा बुलन्द आवाज उठाउदै आएकी अभिनेत्री सरिता लामिछाने नेतृत्व सम्हाल्न सक्षम रहेकी चलचित्र वृतका बिज्ञहरु बताउछन । बिगत २ दशक देखि सक्रिय रुपमा चलचित्र क्षेत्र तथा कलाकारिता क्षेत्रमा रहेर सदैब कलाकारहरुको हितमा वकालत गर्दै आएकी उनी कलाकारितालार्इ समेत निरन्तरता दिदै आगामी दिनहरुमा अझ बेशी सक्रियता जनाउँदै कलाकारहरुको हक हित र अधिकारको लागि सधै सपर्पित हुँदै र कलाकार संघलाई सशक्त रुपमा अगाडि बढाउन पहल गर्ने अठोटको साथ आउने कार्यकालको लागि अध्यक्ष्य पदमा उम्मेदवारी दिने घोषणा गरेको अभिनेत्री सरिता लामिछाने बताउछिन ।

अधक्ष्य पदमा उम्मेद्वारी दिनको लागि पनि आफूभन्दा अग्रज कलाकार, पत्रकार, तथा समकालीन साथीहरुसंग सल्लाह सुझाब लिएर अगाडि बढेको र आफूलाई सहयोग गरि बिजय गराई दिनु हुन कलाकारहरु, पत्रकारहरु सबैमा अभिनेत्री लामिछानेले आग्रह समेत गरेकी छिन्।

स्मरण रहोस उनी नेपाल चलचित्र कलाकार संघको ३० औ बर्षे ईतिहासमा पहिलो महिला महासचिब पदमा अत्याधिक बहुमतले बिजय गरेको पहिलो महासचिव पनि हुन् ।

कलाकार संघको अध्यक्ष पदमा यसभन्दा अघि नै वरिष्ठ कलाकार लय संग्रौलाले पनि अध्यक्ष पदको दाबेदारीसहित उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु