• ‘तिमी नै त हौ’ सरोज र समिताको रोमान्स

    म्यूजिक खबर
    प्रकाशित: २६ भाद्र २०८१, बुधबार

    काठमाडौं । अहिलेका व्यस्त मोडल सरोज गिरी र समिता गिरी अभिनित म्यूजिक भिडियो ‘तिमी नै त हौ’ सार्वजनिक भएको छ । लोकप्रिय गायक रामकुमार नेपाली र आशा केसीको स्वर रहेको गीतको भिडियोमा सरोज र समिता गिरीको रोमान्स देख्न सकिन्छ ।

    ‘तिमी नै त हौ’ रचनाकार अमृत भारती हुन् । गीतमा गायक रामकुमार नेपालीको संगीत तथा संगीत संयोजन रहेको छ । ‘तिमी नै त हौ’ गीतको भिडियोमा सरोज र समिताको साथमा राज गिरी र मुना भूर्तेलको जीवन्त अभिनय रहेको छ । रामकुमार नेपालीको निर्देशन रहेको भिडियो विनय भारतीले खिचेका हुन् भने कल्पेश विश्वकर्माको सम्पादन तथा कलरिङ रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु