युनानाले अमेरिकामा सत्य-स्वरुप सांगीतिक साँझ गर्ने !

म्यूजिक खबर
प्रकाशित: ८ भाद्र २०७५, शुक्रबार

भाद्र ६, काठमाडौं । अमेरिकाको चार्लोसभिल भर्जिनियामा ‘बृहत नेपाली कलाकार संघ, उत्तर अमेरिका (UNAANA) ले यहि शनिबार अगस्त २५ तारीखको साँझ, नेपाली सुगम संगीतका ख्यातिप्राप्त गायकद्वय स्वरुपराज आचार्य र सत्यराज आचार्यको सांगीतिक साँझ चार्लोसभिलमा आयोजना गर्न लागेको जानकारी युनानाका केन्द्रिय उपाअधक्ष एवं टेलि कलाकार/ चलचित्र निर्देशक; दिनेश कार्कीले दिनु भएको छl टेस्ट अफ ईन्डियामा कार्यक्रमको व्यवस्थापन अन्तिम चरणमा पुगी सकेको जानकारी प्रोप्राईटर एवं कलाकार उज्ज्वल खड्काले दिनु भयो भने सुबास महर्जनको पनि कार्यक्रमको आयोजनामा महत्वपुर्ण भूमिका रहेको छ, यस कार्यक्रममा चार्लोसभिल नेप्लिज एसोसिएसनको सहयोगी भूमिका रहनेछ भने यो सांगीतिक कार्यक्रमबाट उठेको रकम श्रष्ठाहरुलाई दिई बाँकी बचेको रकम युनानाको आपतकालीन कोषमा राखिनेछ र उक्त रकमबाट नेपाली श्रष्ठा र संस्कृतिमा लगानी हुने कुराको जानकारी युनानाको केन्द्रिय कार्यालयले जानकारी दिएको छl

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु