लक्ष्मीको ‘सिट्ठी बजाउँछन्’ गीतको छायांकन सम्पन्न

म्यूजिक खबर
प्रकाशित: १ जेष्ठ २०७६, बुधबार

काठमाडौं । गायिका लक्ष्मी पुरी प्रधानको ‘सिट्ठी बजाउँछन्’ बोलको गीतको म्यूजिक भिडियो छायांकन सम्पन्न भएको छ ।  कवि तथा गीतकार रामगोपाल आशुतोषको शब्द रचना रहेको गीतमा गायिका लक्ष्मी पुरीले स्वर दिएकी छिन् भने देबेन्द्र नेवाले संगीत भरेका छन् ।भक्तपुरको सल्लाघारी र त्यसको आसपासमा  म्युजिक भिडियो छायांकन पुरा भएको हो ।


पछिल्लो समयकी निकै व्यस्त मोडल करिष्मा ढकाल र शंकर विसीको नृत्य तथा अभिनय रहेको छ । दुर्गा पौडेलले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई शंकर विसीले निर्देशन तथा कोरियोग्राफी गरेका छन् ।
‘सिठ्ठी बजाउँछन्’ छायांकन सकेर यतिबेला सम्पादनको प्रक्रियामा रहेकोले गीतको भिडियो चाडै दर्शक स्रोताहरुमाझ आउने जानकारी निर्माण युनिटले दिएको छ ।

 

खड्काको देउडामा शंकर र पार्वती

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु