शान्तिप्रियको ‘याद तिम्रो धेरै आइरह्यो’ को सकियो छायांकन !

म्यूजिक खबर
प्रकाशित: २१ माघ २०७५, सोमबार

काठमाडौं । वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रियको अधर एल्वममा समाविष्ट गीत ‘याद तिम्रो धेरै आइरह्यो’ को म्यूजिक भिडियोको छायांकन सकिएको छ । अधर एल्वममा समावेश गरिएका अन्य सबै गीतको म्यूजिक भिडियो सार्बजनिक भैसकेका छन् ।

दोस्रो एल्वम ‘आकृती’ कालागि तयारी गर्दै गरेका प्रिय पछिल्लो समयमा चलचित्र गीत लेखन तथा आधुनिक गीती लेखनमा उत्तिकै सक्रिय रहेका छन् ।

यादतिम्रो धेरै आइरह्यो मिल्छ भने थोरै घटाइदेउ
सम्झी सम्झी रुनु भन्दा मिल्छ भने हासो पठाइदेउ…

‘याद तिम्रो धेरै आइरह्यो’ गीतको म्यूजिक भिडियो निर्देशन चर्चित कलाकार निर्मल शर्माले गरेका छन् । गीतको छायांकन वरिष्ठ छायांकार राजु के.सी.ले गरेका हुन् भने श्रृंगार निर्मलाआचार्यले गरेकी छिन् ।गीतको सम्पादनविरेन्द्र भाट ‘विपिन’ले गर्नेछन् ।

गीतमा अभिनेताश्रीदेव भट्टराई र अभिनेत्री अनामिका चौलागाई एवं राम ढकालको अभिनय हेर्न पाइन्छ । अभिनेता भट्टराई र अभिनेत्रीचौलागाईको केमेष्ट्री खुलेको पनि छ । अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री अनामिका चौलागाई नेपाली चलचित्र तथा म्यूजिक भिडियोमा क्रमश… जम्दै गरेका छन् ।

छायाँछवि क्रियशनले निर्माण गरेको म्यूजिक भिडियो फाल्गुनको पहिलो साता रिलिजगरिने छायाँछवि क्रियशनले जनाएको छ ।

 

यो पनि पढ्नुहोस्

यसरी भयो अनामिकाको विहे

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु