श्वेता तिवारीले मेरो ब्राको साइज भगवानले नापिरहेका छन् भन्दा विवादमा

म्यूजिक खबर
प्रकाशित: १३ माघ २०७८, बिहीबार

भोपाल– टेलिभिजन अभिनेत्री श्वेता तिवारीले भगवानको बारेमा दिएको एउटा वयान विवादित बनेको छ । भारतको भोपालमा वेब सीरीजको प्रमोशनका क्रममा श्वेता तिवारीले आफ्नो ब्राको साइज र भगवानको बारेमा विवादित बयान दिएकी हुन् ।

वेब सीरीजको घोषाका लागि भोपालमा आयोजित एउटा पत्रकार सम्मेलनमा श्वेताले आफ्नो ब्राको आकार भगवानले लिइरहेका छन् भनेकी थिइन् । उनको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा आलोचित भइरहेको छ ।

अहिले आएर श्वेता तिवारीको उक्त वयानमा मध्येप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले समेत गहिरो आक्रोश व्यक्त गरेका छन् । श्वेताले भोपालमा दिएको वयान निन्दनीय भएको उनले बताएका छन् ।

भोपाल प्रहरीलाई २४ घण्टा भित्र तथ्य र सन्दर्भको परीक्षण गरेर रिपोर्ट दिन निर्देशन दिएको छ, जसको आधारमा निर्णय लिइनेछ । श्वेता तिवारी विवादमा फसेको यो पहिलो पटक भने होइन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु