एलिशा, शिव र चक्रपाणिको ‘एकचोटी त बोलिदेउ’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २६ जेष्ठ २०८०, शुक्रबार

काठमाडौँ । गायक शिव परियारको नयाँ गीत ‘एक चोटी त बोलिदेउ’ सार्वजनिक भएको छ। एलिशा तिमल्सिनाको शब्द रहेको गीतमा चक्रपाणि तिमल्सिनाले संगीत भरेका हुन् । संगीत संयोजन सचिन सिंहले गरेका छन् ।

अकष्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट राजा बाबु चौधरी हुन् । ध्वनी सम्पादन तथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन् ।

गीतको म्युजिक भिडियोमा गरिमा शर्मा, सुधिर श्रेष्ठ र सुशान्त ढकालले अभिनय गरेका छन् । गीतलाई सुब्रत आचार्यले निर्देशन गरेका छन् भने उत्सव दाहलको छायांकन र विजेस पौडेलको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु