सञ्चारकर्मी रामजीको निर्देशनमा ‘लकडाउन’ पछि ‘डार्क मुन’

म्यूजिक खबर
प्रकाशित: ९ भाद्र २०७७, मंगलवार

काठमाडौं । केहि समय अघि लकडाउन’ नामक सर्ट भुमी सार्वजनिक गरेका सञ्चारकर्मी रामजी ज्ञवालीले यतिबेला ‘डार्क मुन’ नामक सर्ट मुभी सार्वजनिक गरेका छन् ।

‘डार्क मुन’ मा साहिल खान, सूर्या थापा, क्रिजन गौतम शीर्ष भूमिकामा छन् भने तनुजा कार्की, निशाव लम्साल, यूमी बरालले अभिनय गरेका छन् ।

सामाजिक यथार्थ घटनालाई ‘डार्क मुन’मार्फत देखाउन खोजिएको छ । आमाले सन्तानप्रतिको दायित्व निर्वाह नगर्दा सन्तानको भविष्य कतातर्फ जान्छ भन्ने यथार्थलाई देखाउन खोजिएको छ ।

डार्क मुनको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । कृष्मा गौतम र सारा भूर्तेलले निर्माण गरेको सर्ट मुभीलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन् । चलचित्रमा सुदीप बरालको डीओपी, एलिश कार्कीको ब्याकग्राउण्ड स्कोर, बिशाल निरौलाको गायन तथा संगीत, साहिल खानको सम्पादन छ ।

#रामजी_ज्ञवाली #सर्ट_मुभी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु