भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन

म्यूजिक खबर
प्रकाशित: १७ भाद्र २०७८, बिहीबार
sidartha-sukla सिद्धार्थ शुक्ला

एजेन्सी । अभिनेता तथा बिग बस १३ का बिजेता सिद्धार्थ शुक्लाको निधन भएको छ।

४० वर्षका शुक्लाको हृदयघातका कारण मुम्बईस्थित कुपर अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

टेलिसिरियल बालिका बधुबाट चर्चामा आएका उनको बिहीबार निधन हो ।

उनको हृदयघातका कारण मृत्यु भएको कुपर अस्पतालले जानकारी दिएको हो। उनी आमा र दुई बहिनीसँग बस्थे।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु