गायनसँगै र मोडलिङमा प्रशंसा कमाउँदै चिरन्जीवी

म्यूजिक खबर
प्रकाशित: २७ भाद्र २०७९, सोमबार

काठमाडौं । सांगीतिक क्षेत्रमा स्थापित भइसकेका छन् चिरन्जीवी भण्डारी । विशेषतः गायकको परिचय बनाएका उनले संगीतकारका रुपमा पनि आफूलाई अब्बल ठहराइसकेका छन् ।
पछिल्लो समय मोडलको भूमिकामा समेत देखिएका उनलाई दर्शक श्रोताले यो भूमिकालाई समेत मन पराइदिएका छन् ।

‘तिमीसँगै हुन’ बोलको म्यूजिक भिडियो सार्वजनिक भइसकेपछि उनको गायनकला सँगै अभिनय समेतको प्रशंसा समान रुपले हुन थालेको छ। यो चर्चा गायक भइकन पनि अनुभवी मोडलको छनक दिने उनको ‘बोल्डनेश’ छविका कारण पनि भएको हो ।

सुब्रतराज आचार्यको निर्देशन रहेको उक्त भिडियोमा चिरन्जीवी र कबिता न्यौपानेको अभिनय रहेको छ । चिरन्जीवी र कविताको केमेष्ट्री निकै सुहाएको छ । चिरन्जीवी भण्डारी यूट््यूब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोको कमेन्ट बक्समा समेत गायननसँगै मोडलिङको निकै प्रंशसा गरिएको छ ।
उत्सब दाहालले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् ।

गीतकार समाजसेवी प्रतिमा गुरुङको शब्द रचना रहेको गीतमा मिलन नेवार र चिरन्जीवी भण्डारीको स्वर सुन्न सकिन्छ । त्यस्तै चिरन्जीवीकै सङ्गीत रहेको उक्त गीतलाई सन्जिब बराईलीले एरेन्ज गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु