सुन्दरी गायिका सन्जु न्यौपानको तीजमा ‘टिकीया टलल’ भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: ३० श्रावण २०७३, आईतवार

काठमाडौं । नेपालको गीत संगीत यतिबेला तीजमय बनेको छ । तीजे मौसममा व्यस्त बनेका कलाकारहरुको भीडमा लोकप्रिय अनि चर्चित गायिका तथा मोडल सन्जु न्यौपाने पनि थपिएकी छिन् । भर्खरै सार्वजनिक भएको पूर्णकला बि.सी.को जागीर सरकारी’ बोलको तीज गीतमा अभिनय गरेकी न्यापानेले थुप्रै म्यूजिक भिडियो लगायत टेलीफिल्ममा अभिनय गरिसकेकी छिन् । प्रदर्शनको तयारिमा रहेको चलचित्र ‘निभर्य’ मा नायिका निता ढुंगानाको बहिनी भएर चरित्र निर्वाह गरेकी न्यौपानेलाई नेपाली कलाकारीता जगतमा आशालाग्दो कलाकारको पंक्तिमा उभिएकी छिन् ।

उनै बहुप्रतिभाशाली कलाकारको परिचय बनाइसकेकी सन्जु न्यौपानेले यतिबेला तीज गीत ‘टिकीया टलल, माया तिम्रो मुहारै झलल’ लिएर आएकी छिन् । लामो समयदेखी संगीतमा साधना गरिरहेकी न्यौपानलेले आफ्नै शब्दमा तीज गीत लिएर आएकी हुन् । गायिका सन्जुले गायक बिमल परियारको साथमा गाएको उक्त गीत हालै रिलिज भएको हो ।

हिम सम्झौता डिजिटल प्रा.लि.को प्रस्तुतिमा बजारमा आएको ‘टिकीया टलल’मा बासु बरालको छांयाकन रहेको छ भने विष्णु शर्माले सम्पादन गरेका हुन् । एकिन्द्र सारा शंकरको निर्देशनमा बनेको म्यूजिक भिडियोमा ध्रुबm अमृता, मौसम, सुचित्रा लगायतको अभिनय तथा नृत्य रहेको छ ।

(प्रस्तुतिःसविता पोखरेल)

‘टिकीया टलल’हेर्नुहोस् भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु