• सिर्जु अधिकारीले बजाइन् ब्याण्ड बाजा (भिडियो हेर्नुहोस्)

    म्यूजिक खबर
    प्रकाशित: १८ पुष २०७५, बुधबार

    काठमाडौं । गायिका तथा मोडेल सिर्जु अधिकारीले ‘ब्यान्ड बाजा’ बजाएकी छन् । उनले वास्तविक जीवनमा भने ब्याण्ड बाजा बजाउन बाँकी रहे पनि ब्याण्ड बाजा बोलको गीतको म्युजिक भिडियो भने सार्वजनिक गरेकी हुन् । गीतमा गायिका अधिकारी स्वयमको शब्द, संगीत र केशव बाबुको एरेन्ज रहेको छ ।
    सिर्जु अधिकारीको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक उक्त गीतमा अराज केशवले ¥याप दिएका छन् ।

    गीतको भिडियोमा शिब बि.केको निर्देशन र कोरियोग्राफी रहेको छ । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । गीतको भिडियोमा सिर्जु अधिकारी र रबिन्द्र प्रताप सेन फिचर्ड रहेका छन् ।

     

     

    भिडियोमा हेर्नुहोस्,सिर्जु अधिकारी र रामजी खाँणको प्यार

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु