सुन्दरी गायिका तथा मोडल सिर्जुले यसरी मनाइन् जन्मदिन (भिडियो तथा फोटो फिचर)

म्यूजिक खबर
प्रकाशित: २१ श्रावण २०७६, मंगलवार

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रकी सुन्दरी गायिका तथा मोडल सिर्जु अधिकारीले २८ औं यसरी मनाइन् जन्मदिन- श्रावण २० गते एकाविहानै नजिकैको मन्दिरमा पुजाआराधना गरेर उनले जन्मदिनको खुशीयाली शुरु गरिन् । उनले दिउँसो सांगीतिक क्षेत्रको लोकप्रिय मिडिया म्यूजिक खबरको कार्यालयमा बर्थडे सेलिब्रेसन गरिन् । कालो र रातो कम्बिेनसनको गाउनमा सजिएकी सिर्जु निकै खुशी देखिएकी  थिइन् ।  बर्थडेमा थुप्रै नाम चलेका कलाकार, पत्रकार तथा इष्टमित्र उनलाई उपहार र जन्मदिनको शुभेच्छा दिएका थिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनी, राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्की, गायक शिरिष देबकोटा, टंक तिमिल्सना, अमृत खाती, नविन घर्ति, राजेश बर्देवा, गायिका हरिमाया गुरुङ, एन्जिला रेग्मी, उमा श्रेष्ठ, कला लम्साल, सिर्जना कार्की, मोडल सन्ध्या केसी लगायतका अन्य थुप्रै कलाकारहरुको उपस्थिति थियो । त्यस्तै सर्जक तथा पत्रकार कमल सरगम, किस्ना आचार्य रोषनी, च्याङबा लामा, सन्तोष निरौला, राजु बोहरा, नविन गुरुङ, दिनेश थापा, प्रकाश बराइली ‘अभिव्यक्ति’ लगायतका सन्चारकर्मी उपस्थित थिए ।

बर्थडे मनाइरहँदा उपस्थित कलाकारहरुले शुभकामना दिएका थिए । अनौपचारिक कार्यक्रम भएता पनि गीत गाउने, नाच्ने गर्दै निकै रमाइलो भएको थियो । समारोहमा अन्य नाम चलेका मिडियाहरुको पनि उपस्थिती थियो । सिर्जुका अनुसार मिडियासँगको पहिलोचोटी जन्मदिन मनाएकाले पनि यो वर्ष उनको विशेष अविष्मरणिय जन्मदिन रहन गएको छ । सिर्जुले आफुलाई म्यूजिक खबरको निरन्तर साथ र माया पाएको भन्दै आभार व्यक्त गर्दै सबैलाई धन्यवाद दिएकी थिइन् ।
यसरी मनाएकी थिइन् भिडियोमा हेर्नुहोस् :

म्यूजिक खबरको संयोजनमा भएको सो सेलिब्रेसन पश्चात उनी टप राजधानी दोहोरी साँझको निमन्त्रणामा बर्थडेको अर्को समारोहमा उपस्थित भइन् । विभिन्न साथी तथा संस्थाको निमन्त्रणा आएता पनि उपस्थित हुन समय मिलाउन गाह्रो भएको सिर्जुले बताइन् ।
प्रतिभाशाली गायिका सिर्जुको गलामा थप निखारता आओस्, अभिनयमा जिवन्तता भेटियोस्, उनले गरेका कामहरु चर्चित र लोकप्रिय बनुन्, म्यूजिक खबरको तर्फबाट जन्मदिनको लाखौंलाख शुभकामना ।

हेर्नुहोस् फोटोहरु :

तीज मुडमा खुलेकी सिर्जु

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु