सोझो गाउँलेलाई ‘सुदिश निरौला स्मृति साहित्य पुरस्कार’

म्यूजिक खबर
प्रकाशित: १४ माघ २०७६, मंगलवार

विराटनगर । यस वर्षको ‘सुदिश निरौला स्मृति साहित्य पुरस्कार’ सोझो गाउँलेलाई प्रदान गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले विराटनगरमा आयोजना गरेको कार्यक्रममा विष्णुविभु घिमिरेले गाउँलेलाई १५ हजार नगदसहितको पुरस्कार प्रदान गरे ।

प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, महेन्द्र सिटौला, मुकेश भट्ट, टेकमाया निरौला, गोकुल अधिकारी, राधिका गुरागाई, मीनकुमार नवोदितलगायतले बोलेका थिए ।

कार्यक्रममा आमन्त्रित कवि राजेन्द्र शलभकासाथै राजेन्द्र गुरागाई, राधा भट्टराई, प्रयाग न्यौपाने, दीपक सञ्चु, ममता श्रेष्ठ, मन्जुश्री गिरी, रोमा निरौलालगायतले कविता वाचन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु