काठमाडौं । स्पाइनी मुभिज प्रालीको प्रस्तुतीमा आयोजना गरिएकोे स्पाइनी ब्याब्लर फिल्म फेष्टिवल २०२१ मा कुईनेटो र हाउसब्रेकिंग उत्कृष्ट भएको छ । नेपाली चलचित्रको प्रवद्र्धन लागी विभिन्न कार्यक्रहरु आयोजना गर्दे आएको स्पाइनी मुभिज प्रा.ली. ले नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय स्तरसम्म लैजाने र आफ्नो कला संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्य लिएर पहिलो पटक यस किसिमको फेष्टिवलको आयोजना गरेको आयोजक समितिका अध्यक्ष डा। हुस्नेत आजादले बताएका छन् । गत मे १ मा सम्पन्न हुन पर्ने कार्यक्रम कोभिड १९ का कारणले स्थगित भएको थियो । सिमित कलाकर्मी र संचारकर्मीहरुको विचमा अगष्ट १८ मा एक समारोहका विच कार्यक्रम समापन गरिएको थियो ।
महोत्सबमा पाकिस्तान, फिलिपिन्स, भारत, अमेरिका, जापान, क्यानेडा, श्रीलंका, बंगलादेश लगायतका देशहरुबाट १२५ भन्दा बढी लामा तथा छोटा चलचित्रहरुको सहभागीता रहेको थियो । फेष्टिवलमा कुईनेटो लगायत अन्य लामा तथा छोटा चलचित्र र डकुमेन्ट्रिहरु सर्वोत्कृष्ट बन्न सफल भएका छन् । राजधानीमा अगष्ट १८ मा सम्पन्न गरिएको कार्यक्रममा नेपाल चलचित्र
कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, बरिष्ठ चलचित्र लेखक, निर्देशक एवं कलाकार मोहन निरौला, नायक धिरेन शाक्य, बिजय रत्न तुलाधर, बरिष्ठ गीतकार तथा पत्रकार शान्तिप्रिय , पत्रकार सुमन बैरागी, सुर्य चन्द, ज्योती प्रकाश लगायत नेपाली चलचत्रि तथा गीत संगीत क्षेत्रमा कार्यरत कलाकर्मीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
अन्तराष्ट्रिय अवार्ड विजेता सर्ट फिल्म
र्टोटडः डायरेक्टर अफ फोटोग्राफी (पाकिस्तान)
नकः सर्वोत्कृष्ट अन्तराष्ट्रिय स्क्रिप्ट (फिलिपिन्स)
हाउसब्रेकिंगः सर्वोत्कृष्ट अन्तराष्ट्रिय लघु फिल्म (भारत)
हाउस ब्रेकिंगः सर्वोत्कृष्ट अन्तराष्ट्रिय निर्देशक (भारत)
राष्ट्रिय वृत्तचित्र अवार्ड विजेता
२०९७ साल ९सर्वोत्कृष्ट छायांकारः दिपेन महर्जन र मोहन कुमार
ओसिस –सर्वश्रेष्ठ राष्ट्रीय लघु वृत्तचित्रः जैस्पर न्यौपाने, रस्मिता लिम्बु
काठमांडू देखी गोक्यो सम्म ट्रेकिंगः ः सर्वोत्कृष्ट राष्ट्रीय वृत्तचित्र फिल्म पर्यटन– निर्देशक माधब राज खरेल, निर्माताः कमला जोशी र पूर्ण रार्इ
राष्ट्रिय लघु चलचित्र अवार्ड विजेता
बिस्कुनः सर्वोत्कृष्ट नेशनल इंस्पिरेशनल – गणेश उपाध्याय
फागुनियाः सर्वोत्कृष्ट निर्देशक –सरिता शाह
जनको जुत्ताः सर्वोत्कृष्ट नेशनल मोटिवेशनल – केदार श्रेष्ठ
प्रिष्टः सर्वोत्कृष्ट स्क्रिप्ट लेखन – तिल थापा मगर
द रेड मूनः सर्वोत्कृष्ट छायांकार – रबिन श्रेष्ठ र लुजाव सिंह
वार आफ्टर वारः सर्वोत्कृष्ट राष्ट्रिय लघु चलचित्र –– राजेश श्रेष्ठ
वेदानाः सर्वोत्कृष्ट कृषि लघु चलचित्र – अशोक पाठक
कन्फिडेन्सः सर्वोत्कृष्ट एजुकेशनल लघु चलचित्र – डा। नजीम सेख
राष्ट्रिय चलचित्र अवार्ड विजेता
लम्फूः सर्वोत्कृष्ट अभिनेता – संजीत भंडारी
लक्ष्मी पूजाः सर्वोत्कृष्ट निर्देशक – समीर मियाँ
कुईनेटोः सर्वोत्कृष्ट छायांकार – जीवन पराजुली
कुईनेटोः सर्वोत्कृष्ट चलचित्र – निर्देशक माधव राज खरेलर नायक श्रीदेब भट्टराई