वरिष्ठ अभिनेत्री अधिकारीको निधन

म्यूजिक खबर
प्रकाशित: ३२ श्रावण २०७६, शनिबार

काठमाडौं । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा शनिबार निधन भएको छ । लामो समयदेखि निमोनियाबाट पीडित रहेकी अधिकारीको डल्लुस्थित आफ्नै घरमा निधन भएको हो ।

चलचित्र ‘मनको बाँध’ अभिनय यात्रामा होमिएकी अभिनेत्री अकिारीले चलचित्र, टेलिचलचित्र, म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छन्। करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका चलचित्रमा बासुदेब, चिनो, स्वर्ग, बादल पारि, बेहुली, कर्तब्य, माइतीघर, सम्झना, को आफ्नो को बिरानो, कन्यादान, भाउजु लगायत चर्चित छन् । नेपाली चलचित्रको ईतिहासमा उनको नाम सुनौलो अक्षरले लेखिएको छ । युग युगसम्म नेपाली चलचित्र जगतले बिर्सन नसक्ने छन् । उनको एक छोरा र एक छोरी छन् । म्यूजिक खबर परिवार उनको मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु