सुधिर र अन्जलीलाई ‘आजीवन’ सँगै हुने रहर

म्यूजिक खबर
प्रकाशित: १७ बैशाख २०७८, शुक्रबार
sudhir-shrestha anjali-adhikari

काठमाडौंँ । गायक कुशल बेल्वासे र विपना अधिकारीको स्वरमा लोकदोहोरी गीत ‘आजीवन’ सार्वजनिक भएको छ । ईश्वरी अर्यालको शब्द रहेको गीतमा प्रियाकुमारको संगीत रहेको छ भने राजेश बर्देवाले संगीत संयोजन गरेका हुन् ।


रोमान्टिक शैलीमा तयार गरिएको गीतको भिडियोमा सुधीर श्रेष्ठ र अञ्जली अधिकारीको रोमान्स देख्न सकिन्छ । निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीको रहेको छ । राजकुमार मगरको सम्पादन रहेको भिडियोमा दुर्गा पौडेलको छायाँकन छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु