लिम्बू भाषाको चलचित्र ‘सुगुप’ अब नेपाली भाषामा

म्यूजिक खबर
प्रकाशित: २८ असार २०८१, बिहीबार १४:५२

काठमाडौं । उपत्यकाको अपार सफलता पश्चात पूर्वाञ्चलको बिभिन्न शहरमा बिशेष प्रदर्शनमा उतिकै दर्शकहरुको मायाँ पाएको सुगुप अब नेपाली भाषामा पनि हेर्न पाईने भएको छ ।
फक्ताङ्लुङ इन्टरटेन्डमेन्ट प्रालिको आफ्नै युटुब च्यानलबाट लिम्बु भाषामा रहेको चलचित्र ‘सुगुप’लाई नेपाली भाषाको टेलर सार्बजनिक गरेको छ । सिसेक्पा तङ्नामको अवसरमा किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा नेपाली भाषामा पहिलो चरणमा बिश्वको कोरिया, बेलायत, जापान, दुबाई, मलेसिया, इजरायल लगायतका देशमा ‘सुगुप’ चलचित्र प्रदर्शनमा ल्याउने तयारी भैरहेको चलचित्रका प्रस्तुतकर्ता एबं मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बुले जानकारी गराउनु भएको छ ।

लोकेन सावाँ लिम्बुको निर्देशन रहेको ‘सुगुप’ मा एक बियोगान्त कथा बोकेको ‘सुगुप’ भित्र बैबाहिक संस्कार, रितीथिती, गरिबी भित्रको पिडालाई सामाजिक समस्याको रुपमा देखाईएको छ । चलचित्र सुगुपमा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, बबिता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बर कुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमान लिम्बू, निता लिम्बू, रबिन इन्द्र शेर्पा लगायतका कलाकारहरुको जीवन्त अभिनय रहेको छ । लगानीकर्तामा शैलेन्द्र कुमार नाल्बो, दिलमायाँ लाबुङ नाल्बो, एल.पी. साँवा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबोको पनि सुगुपमा लगानी रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु