बहिरा कलाकार अभिनित ‘बैनी झ्यालैमा’

म्यूजिक खबर
प्रकाशित: २५ कार्तिक २०७६, सोमबार

काठमाडौं । बहिरा कलाकार अभिनित गीत ‘बैनी झ्यालैमा’ को भिडियो सार्वजनिक भएको छ । प्रकास दुतराजको स्वर, शब्द, सङ्गीत र कमल सौरागको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
प्रकाशकै निर्देशन कथा रहेको गीतको भिडियोमा बहिरा कलाकार सुजल बम, श्रद्धा भुसाल, दीप सागरको अभिनय रहेको छ भने दोभाषे शिलु शर्मा रहेकी छन् । करणले छायाँकन गरेको गीतको भिडियोमा उत्तमकुमार कार्की र सागरबाबु भट्टको सम्पादन रहेको छ । भिडियाको प्रोडक्सन म्यानेजर टेक बम हुन् ।
एभरेस्ट विश्व कृतिमानी तथा मिस एसइई २०१९ कि चौथो रनरअप बहिरा कलाकार सुजल बम द्वारा अभिनय गरिएको यो दोस्रो म्युजिक भिडियो हो । यस अघि ‘झिम झिम परेली…’मा उनले अभिनय गरेकी थिइन । श्रद्धा भुसालको भने यो पहिलो हो म्युजिक भिडियो हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु