• चलचित्र ‘मेरो आफ्नो’को इन्डक्ल्याप

    म्यूजिक खबर
    प्रकाशित: १९ श्रावण २०७६, आईतवार

    चलचित्र ‘मेरो आफ्नो’ को बिहीबार पोखरामा फिल्मको एक गीत खिच्दै इन्डक्ल्याप गरिएको छ । चलचित्र पारिवारिक प्रेमकथामा आधारित छ । चलचित्रका लेखक मौनता श्रेष्ठ हुन् । चलचित्र लेखनमा सक्रिय उनले छिट्टै चलचित्रको रिलिज डेट समेत सार्वजनिक गरिने जानकारी दिएका छन । चलचित्रलाई राजु अधिकारीले निर्देशन गरेका छन् । चलचित्रमा केवलजंग कुँवर, सुजता थापा, रिया श्रेष्ठ, सुन्दर श्रेष्ठ, रुपा राना, नरेश पौडेल, शंकर आचार्यको प्रमुख भूमिका रहेको छ । रामकृष्ण बजिमया कार्यकारी निर्माता रहेको चलचित्रमा पवन गौतमको छायाँकन, हिमाल केसीको द्वन्द्व, तारा प्रकाश लिम्बु र बिकास चौधरीको सङ्गीत रहेको छ । रामजी लामिछानेको साथमा कमल राई र किरणले गीतमा कोरियोग्राफी गरेका छन् भने धिरज कुमार श्रेष्ठ,निलु केसी र बसन्त शर्माको संयुक्त लगानी रहेको छ भनेमन्दिल श्रेष्ठले सम्पादन गर्ने जानकारी छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु