राष्ट्रिय गायक सुमित खड्काको संगीत र स्वरमा ‘आयो दशैं’

म्यूजिक खबर
प्रकाशित: १३ आश्विन २०७७, मंगलवार

काठमाडौं । नेपालीको महान् पर्व बडादशैँ नजिकिएको छ । दशैँ नजिकिएसँगै दशैँलाई लक्षित गरिएका गीतहरु पनि धमाधम सार्वजनिक भइरहेका छन् । यसै क्रममा यसपालीको वडादशैँलाई लक्षित गरिएको दशैँ गीत ‘आयो दशै’ सार्वजनिक भएको छ ।

गीतमा राष्ट्रिय गायकको छवी बनाएका गायक सुमित खड्काको संगीत र स्वर रहेको गीतमा नवराज सुब्बाको शब्द रहेको छ । त्यस्तै गीतको मिक्सिङ तथा रेकर्डिङ पनि गीतकार नवराज सुब्बाले नै गरेका हुन् ।

शेषु इन्टरटेन्मेन्ट युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोमा आयुष आयुष घले मगर ,नुरज ठकुरी (प्रवेश) राम ग्याबा लामा ,रोंनित त्यवाना (रक्की) सिद्धार्थ रिमाल ,सपना घले मगरको अभिनय रहेको छ ।

मेकअप रिना लिम्बुको रहेको छ । ड्रोनमा रोनिस र क्यामेरामा सन्देश शर्माले साथ दिईएका छन । यस म्युजिक भिडियोमा सम्पादन तथा निर्देशन आयुष घले मगरको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु