![](https://musickhabar.com/wp-content/uploads/lok-samman-300x150.jpg)
काठमाडौं। सविना लो तमाङको शब्दमा गायक सुनिल छिदालको स्वर रहेको गीत ‘तिम्रो याद…’ को भिडियो सार्वजनिक भएको छ । मोडल तथा शब्द सङ्कलक सविना तामाङको जन्म दिनको अवसर पारेर राजधानीमा बुधबार एक कार्यक्रमको आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो । सनम पुरुषको सङ्गीत, प्रदिप सिं थापाले निर्देशन, राजकुमार महर्जन निर्माता रहेको भिडियोलाई सविना, योगराज र प्रदीपको अभिनय रहेको छ । भिडियो व्हाईट पिंगन ईन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।