‘जुममा हेरेर’ तीज मनाउँदै सुनिता र रोजा

म्यूजिक खबर
प्रकाशित: ४ भाद्र २०७७, बिहीबार

काठमाडौं । कोरोना कहरले यो पालीको तीजलाई खल्लो बनाएको छ । जो जुन ठाउँमा छ, त्यही ठाउँमा घर भित्रै रहेर तीज मनाउनु पर्ने बाध्यता छ । भेला हुन सक्ने सम्भावना नै छैन । तर प्रविधिले केहि हदसम्म खल्लो तीजलाई केही राहत अवश्य दिनेछ । टाढा टाढा रहेका दिदी बहिनी र आफन्तहरुलाई प्रविधिको माध्यम जुम मार्फत हेर्न र कुराकानी गर्न र युट्युबमा गीत प्ले गरेर रमाइलो गर्न पनि सकिन्छ ।

यस्तै यस्तै समसामयिक परिस्थितीलाई समेटेर ‘जुममा हेरेर’ बोलको गीत सार्वजनिक भएको छ । यो वर्षको सम्भवतः सबैभन्दा कान्छो (युट्युवमा पब्लिसका आधारमा) यस गीतमा ससुमधुर स्वर र सुन्दरताकी धनीका रुपमा ख्याती कमाएकी गायिका सुनिता दुलालको स्वर रहेको छ भने हाल अमेरिकामा बस्दै आएकी कवी तथा साहित्यकार रोजा ओलीको शब्द रहेको छ । सुनिल मास्केको संगीत रहेको छ । कुशल श्रेष्ठको छायांकन तथा निर्देशन रहेको भिडियोमा सुनितासँगै भवानी तिमलसिना, काब्य श्रेष्ठ, रस्मिता दर्लामी, आस्था जोशी, रोश्ना कार्की, रिमा कणेल, दिपिका श्रेष्ठ, स्वस्तिका लोहनी, आस्तिक कणेल, दीपक थापालगायत भिडियोमा फिचर्ड छन् ।

सुनिता हरेक वर्ष तीजको मर्म बोकेको मौलिक तीज गीत सार्वजनिक गर्दै आएकी छिन् । उनले केहि समय अघि मात्रै पनि सन्देशमुलक गीत ‘बेशी मेलैमा’ ल्याएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु