सन्नी लियोनीको नृत्य रहेको चलचित्र ‘पासवर्ड’को ट्रेलर (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ९ भाद्र २०७६, सोमबार

यही भाद्र २७ देखि देशभरका सिनेमाघरमा आउँन लागेको चलचित्र ‘पासवर्ड’को ट्रेलर सार्वजनिक भएको छ । बलिउड अभिनेत्री सन्नी लियोनीको आइटम नृत्य रहेको चलचित्रको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको हो । नेपालबाट चोरिएर लण्डन पुर्याइएको एक मुर्तीको कथामा चलचित्र बनेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ । सम्राट बस्नेतको निर्देशन रहेको यो चलचित्रको ट्रेलरमा सन्नीको आइटमले पनि प्रथामिकता पाएको छ । निर्माण युनिटका अनुसार सन्नी चलचित्रको प्रिमियरका लागि नेपाल आउँदै छिन् । एक्सन–लभस्टोेरी चलचित्रको अघिकांश छायाँकन यूकेमा भएको हो । अनुप विक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारहरुको चचित्रमा अभिनय छ ।

अमरजीत सिंहको छायाँकन र सौरभ लामाको डीओपी रहेको ‘पासवर्ड’को पटकथा निर्देशक बस्नेत र महेश दवाडीले लेखेका हुन् भने, कथा सिमा गुरुङको हो । निर्देशक बस्नेत स्वयम्को चलचित्रमा द्वन्द्व पनि छ । अंकित गौतमको कार्यकारी निर्माता रहेको चलचित्रमा अमित बस्नेत र हिराल जोशी निर्मातामा रहेका छन् ।एबी इन्टरनेशनलको व्यानरमा निर्मित चलचित्रमा अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु