शुक्रबारबाट देशभरका चलचित्र हलमा ‘झट्का’ लाग्दै (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ३० जेष्ठ २०७६, बिहीबार

काठमाडौं । नेपाली चलचित्र ‘झट्का’ भोलि देशभरका विभिन्न चलचित्र हलमा लाग्ने भएको छ। चलचित्र पछिल्लो पुस्ताका समय युवाहरुलाई समेटेर निर्माण गरिएको बताइएको छ । चलचित्रमा विषेश गरी मेरी बास्सैका ‘दाह्री बा (सुरवीर पण्डित) लाई मुख्य भूमिकामा देख्न सकिन्छ । जसमा रमेश बिसुंखेको कथा, पटकथा र संवाद तथा निर्देशन रहेको फिल्ममा रात्री जीवनको कथा प्रस्तुत गरिएको छ ।
भोलि जेठ ३१ गते रिलिज हुने फिल्ममा सुरविर पण्डित, श्यामलाल श्रेष्ठ, मनिता श्रेष्ठ, रक्षा गुरागाईं, ईश्वर गुरुङ, उमेश बिसुङ्खेलगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।
फिल्मलाई रमेश बिसुङ्खे निर्देशन गरेका हुन् । उनकै कथामा फिल्म बनेको हो । उनले सुरविरलाई अन्य फिल्ममा भन्दा पृथक भूमिकामा प्रस्तुत गरिएको बताए । उनको भूमिकाले दर्शक सरप्राइज हुने निर्देशक रमेशको भनाई छ । फिल्मले काठमाडौंको रात्री जीवनको कथा वाचन गरेको छ ।
जीवन पराजुलीले छायाँकन गरेको यो फिल्मका निर्माता तुलसीलाल नेवा हुन् भने, कार्यकारी निर्मातामा शेखर बिसुङ्खे रहेका छन् ।
दाह्रीबा (सुरवीर पण्डित)ले चलचित्र भरपुर मनोरञ्जनले भरिएकाले दर्शकले रुचाउने अपेक्षा गरेको बताए। उनले भने–चलचित्र भरपुर मनोरञ्जनले भरिएको छ र केही सन्देश पनि बोकेको छ।
चलचित्रका निर्माता तलुसीलाल नेवाले चलचित्र निर्माण गर्ने आफ्नो पूरानो रुची रहेकाले झट्का निर्माण गरिएको बताए। चलचित्रमा पछिल्लो समयको कथावस्तु रहेकाले दर्शकले रुचाउने आशा गरेको बताए।
त्यसैगरी चलचित्रका नायक श्याम श्रेष्ठले –चलचित्रले पछिल्लो पुस्तालाई समेट्न खोजेको छ। चलचित्र हेरेर दर्शकले मनग्य मनोरञ्जन लिन सक्ने छन् । त्यसैले यो चलचित्र हेरेर केही सन्देश र मनोरञ्जन लिन आम दर्शकसँग आग्रह गर्दछु। भने

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु