• निर्देशक बोहराले गरे ‘ओ प्रिया’को घोषणा

    म्यूजिक खबर
    प्रकाशित: २८ माघ २०७६, मंगलवार
    Surya Bohara

    काठमाडौं । निर्देशक सूर्य बोहराको निर्देशनमा नयाँ फिल्म ‘ओ प्रिया’को घोषणा भएको छ । निर्मात्री हिराल जोशीको जन्मदिनको अवसरमा मंगलबार, चावहिल गणेशस्थानमा स्क्रिप्ट पूजाका साथ ‘ओ प्रिया’को घोषणा गरिएको हो ।
    सिनेम्याक्स लण्डनले बिरंजना इन्टरटेन्मेन्ट र इएसबि फिल्म नेपालसँगको सहकार्यमा निर्माण गर्न लागेको फिल्मको स्क्रिप्ट निर्देशक बोहराकै हो । सृजना जोशी महर्जन कार्यकारी निर्माता र एलिस अधिकारी लाइन प्रोड्युसर रहेको फिल्मका गीतमा एलिस कार्कीको संगीत रहने छ ।

    नेपालका साथमा वेल्स,स्कटल्याण्ड, लण्डन र क्यानडामा खिचीने फिल्मको सुटिङ जुन अन्तिममा हुने जानकारी निर्देशक बोहराले दिएका छन् । प्राबिधिक र कलाकारको छनौट कार्य जारी रहेको फिल्मको प्रदर्शन मिति भने सन् २०२१ को भ्यालेन्टाइन्ड डे अर्थात्, फागुन पहिलो सातालाई तोकिएको छ ।

    निर्देशक बोहराको यसअघिको फिल्म ‘हेलो जिन्दगी’ को लण्डन र काठमाडौमा भिएफएक्स भइरहेको छ । सो फिल्म दशैको छेकोमा प्रदर्शन गर्ने तयारी निर्माण पक्षको छ । निर्देशक बोहराकै निर्देशनमा अभिनेता बिक्रम जोशीले यसअघिनै ‘आइडी नं ८८४८’ निर्माण गर्ने घोषणा गरेका थिए । सो फिल्म प्रि–प्रोडक्शनमा रहेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु