‘तृषा’ आख्यानमार्फत् बजारमा आइन् गीतकार पौडेल

म्यूजिक खबर
प्रकाशित: २९ असार २०७६, आईतवार

काठमाडौं । गीतकारको परिचयमा स्थापित रहेकी सुशिला पौडेलले पहिलो आख्यानका रुपमा ‘तषा’ लिएर आएकी छन् । हिजो शनिबार राजधानी एक कार्यक्रम माझ वरिष्ठ गीतकार तथा चलचित्रकर्मी यादव खरेलको प्रमुख आतिथ्यमा सो कृति विमोचन गरिएको हो । पूर्वमन्त्री तथा साहित्यकार डा. एसपी कोईराला, साहित्यकार भुवनहरी सिग्देल, लेखक एवं चलचित्रकर्मी प्रकाश सायमी, गीतगार डा. कृष्णहरि बराल, साहित्यकार गीता त्रीपाठी लगायतले उक्त कृतिको संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।

सार्वजनिकपछि बोल्दै लेखिका पौडेलले भनिन्– प्रेम, बन्धन, स्वतन्त्रता तथा धोकाजस्ता विषयमा केन्द्रित रहेर वर्तमान समाजका विसंगति केलाएर ‘तृषा’ लेखिएको हो ।’ ‘यो हाम्रै समाजमा देखिने भोगिने विषयमा आधारित छ । एउटी नारीले समाजमा बाँच्ने क्रममा भोगेको जिन्दगीको एउटा अंश यसमा छ । एउटा पुरुष भएर खुलेआम हिँडिरहँदा उसले एउटा पाटो त सबल बनाइरहेको हुन्छ, अर्को पाटो भने उसले कसरी बिर्सेको वा बेवास्ता गरिरहेको हुन्छ भन्ने मैले यहाँ देखाउन खोजेकी छु ।’

्कार्यक्रममा कृतिबारे बोल्दै साहित्कार भुवनहरि सिग्देलले लेखनमा लाग्न पुरुषलाई जति सजिलो छ महिलालाई त्यति नै गाह्रो रहेको बताए । उनले पौडेलको लेखन सरल रहेको समेत बताए । अर्का वक्ता डा.कृष्णहरि बरालले पनि तृषामा सरल लेखन रहेको र रैखिक ढाँचामा वर्णनात्मक शैली अपनाइएको बताए ।

मूलतः गीतकारको रुपमा परिचित पौडेलले यसअघि गजल, कविता, मुक्तकलगायत विधामा पनि कलम चलाउनुभएको छ । तृषा उहाँको पहिलो आख्यानात्मक कृति हो ।

लेखक भुवनहरि सिग्देल र सम्पादन हाउसका दीपक नेपालले भाषा तथा सम्पादनको काम गर्नुभएको ‘तृषा’ उपन्यास शिखा बुक्सले प्रकाशन गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु