• ‘सुश्री सम्पत्ति’ को ट्रेलर सार्वजनिक

    म्यूजिक खवर
    प्रकाशित: ९ मंसिर २०७५, आईतवार

    काठमाडौं । सुब्रतराज आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘सुश्री सम्पत्ति’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा दुई युवाले सुश्री सम्पत्तिको पछाडी लाग्नुको कारण र प्राप्तिको लागि गरिने संघर्षलाई देखाइएको छ ।

    चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाइली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ भने प्रियंका कार्की विशेष भूमिकामा छिन् ।

    रमेश त्वायना प्रस्तुतकर्ता रहेको चलचित्रको कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको चलचित्रको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु