चलचित्र ‘चिसो मान्छे’ को ‘ट्रेलर’

म्यूजिक खबर
प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार

काठमाडौँ । बाजुरेली महिलाको भूमिकामा देखिएकी अभिनेत्री स्वस्तिमा खड्का अभिनित चलचित्र ‘चिसो मान्छे’ को ‘ट्रेलर’ सार्वजनिक भएको छ । चलचित्र दिपेन्द्र के खानालको लेखन र निर्देशनमा बनेको हो। खनालले यो भन्दना अगाडि आमा र पशुपतिप्रसाद बनाईसकेका छन्। चलचित्रमा शर्मिला पाण्डेले लगानी गरेकी छन्।

चलचित्रमा स्वस्तिमासँगै अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा प्रभाकर न्यौपाने लगायतको अभिनय रहेको छ।

चलचित्रमा दीर्घ खड्काको सम्पादन र सुभाष भूषालको संगीत रेहेको छ। चलचित्र असार ३ गतेबाट देशभर प्रदर्शन हुँदैछ।

बाकसभित्र प्याक भएको चिसो मान्छेसँग जोडिएको युवतीको जीवन सामाजिक चालचलनले उनी बाकस बाहिर हुँदा पनि कसरी चिसो बनाएको छ, त्यही कथाको सेरोफेरो चलचित्र ‘चिसो मान्छे’ को ‘ट्रेलर’ हो।

सानैमा विवाह गरेकी युवतीलाई आफ्नो श्रीमानको अनुहार कस्तो थियो स्मरण गर्न हम्मे९हम्मे पर्छ। उनमा यौवन चढ्नै लाग्दा, रहरका पालुवा पलाउँनै लाग्दा उनको सिउँदो उजाडिएको छ।

ती महिलाले पुरानो समयलाई बिर्सिएर नयाँ गन्तव्य तयगर्न लाग्दा उनलाई समाजमा कथित रितीरिवाज र परम्पराले गाँजेको कथा चिसो मान्छेको ट्रेलरले देखाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु