चलचित्र लव जोनको ‘मैले खुशी पाउँदा’ गीतको भिडियो सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ९ भाद्र २०७६, सोमबार

काठमाडौं । बिजि बर्मा फिल्मसको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र लव जोनको ‘मैले खुशी पाउँदा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ओम बा. कार्की को निर्माण तथा शंकर अधिकारी घायलको लेखन एवम निर्देशनमा निमार्ण भएको चलचित्रमा समावेश गरिएकोे । वियोगान्त गीतको भिडियो बजारमा आएको हो । मानविय जिवनको बास्तबिक्ता अनि जिवनको यथार्थ कथालाई चलचित्रमा समावेश गरिएको छ । उक्त गीतमा शंकर अधिकारी को शब्द तथा टंक बुढाथोकी को संगीत रहेको छ ।

गुरुदेव कामत र नित्याशिवाको आवाज रहेको गीतमा राजन महर्जन को नृत्य ,बिक्रम कार्की को छायांकन र बिश्वास भण्डारी को सम्पादन रहेको छ । चलचित्रमा राजन महर्जन ,तृष्णा खड्का ,राजन श्रेष्ठ ,रुबि थापा,डिबि लामा, निमा लामा शर्मिला भुजेल,कुमार कार्की , बिक्रम कार्की र प्रेरणा बोहराको अभिनय रहेको छ भने बालकलाकार रचना कार्किको अभिनय देख्न सकिन्छ ।
हेर्र्नुहोस गीतको पुरा भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु