• ‘द भ्वाइस अफ नेपाल’ बाट आशिष र रिहान बाहिरिए पछि अन्तिम चारको लाग्यो टुंगो

    म्यूजिक खबर
    प्रकाशित: ३ पुष २०७९, आईतवार

    काठमाडौं । टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–४’मा अछामका आशिष महर र भुटानका रिहान गिरी बाहिरिएका छन् ।

    शनिबार राति भएको एपिसोडबाट महर र गिरी बाहिरिए पछि चौथो सिजनको ‘द भ्वाइस अफ नेपाल’का अन्तिम चार जनाको टुंगो लागेको छ ।

    अन्तिम चारमा प्रमोद खरेलको टिमबाट योगेश मगर, राजु लामाको टिमबाट करण राई, राजेशपायल राईको टिमबाट सविना लिम्बू र प्रविशा अधिकारीको टिमबाट साहिल लिम्बु पुगेका छन् । यी चार जनाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

    आशिष ‘द भ्वाइस’बाट बाहिरिएपछि धेरैले प्रतिभाको कदर नभएको भन्दै अलोचना गरिरहेका छन् । शनिबार भएको प्रतिस्पर्धामा भ्वाइसका पूर्वविजेता किरण गजमेर पनि उपस्थित थिए ।

    ‘द भ्वाइस अफ नेपाल’ का यी ८ प्रतिस्पर्धीहरुबाट आज को–को बाहिरिएलान् ?

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु